Thu. Nov 28th, 2024

धादिङ अस्पताल सहित बागमती प्रदेशका पाँच अस्पताललाई एम्बुलेन्स हस्तान्तरण

१७ फागुन, धादिङ –

बागमती प्रदेश सरकारले पाँच जिल्लाका सरकारी अस्पताललाई एम्बुुलेन्स हस्तान्तरण गरेको छ । प्रदेश अन्तर्गत रहेको मकवानपुरको हेटौंडा अस्पताल, सिन्धुलीको सिन्धुली अस्पताल, सिन्धुपाल्चोकको चौतारा अस्पताल, धादिङको धादिङ अस्पताल र नुवाकोटको त्रिशुली अस्पताललाई सुबिधायुक्त एम्बुलेन्स हस्तान्तरण गरिएको हो ।

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले एक्बुलेन्स हस्तान्तरण गरेका हुन् । अस्पताल सुदृढीकरण कार्यक्रम अन्तर्गत ५ वटा अस्पताललाई हेटौंडामा कार्यक्रमको आयोजना गरी एम्बुलेन्स हस्तान्तरण गरिएको हो ।

५ वटा ‘ख’ वर्गको एम्बुलेन्स सामाजिक विकास मन्त्रालयले चालु आर्थिक वर्षको कार्यक्रम अन्तरगत एक करोड ८६ लाख ७५ हजारको लागतमा खरिद गरी हस्तान्तरण गरिएको बागमती स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका वरिष्ठ जनस्वास्थ्य अधिकृत बसन्त अधिकारीले जानकारी दिए । प्रत्येक एम्बुलेन्सको २९ लाख २० हजारको लागतमा खरिद गरिएको एम्बुलेन्समा वातावरणसहित अत्याधुनिक उपचारसेवा उपलब्ध गराइएको हो ।

कार्यक्रममा मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको १३ वटै जिल्ला अस्पताललाई स्वास्थ्य उपचार सेवामा स्तरोन्नती र गुणस्तरीय सेवा प्रदान गर्न दक्ष चिकित्सक र सुविधायुक्त प्रयोगशाला स्थापना गर्दै लैजाने प्रदेश सरकारको नीति रहेको बताए ।

२०७७ फागुन १७ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: