Tue. Mar 11th, 2025

शनिबारदेखि महिला राष्ट्रिय लिगको दोस्रो चरणको प्रतिस्पर्धा

२३ माघ , काठमाडौ –

महिला राष्ट्रिय लिगको दोस्रो चरणको प्रतिस्पर्धा शनिबारदेखि सुरु हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले दोस्रो चरणको खेल तालिका बिहीबार सार्वजनिक गरेको छ।

जसअनुसार पहिलो दिन शनिबार त्रिभुवन आर्मी क्लब र चौदण्डीढी नगरपालिका उदयपुरबीच प्रतिस्पर्धा हुनेछ। अन्तिम दिन फागुन ७ गते शीर्ष स्थानको एपिएफ क्लब र दोस्रो स्थानको आर्मीबीच खेल हुनेछ।

अन्तिम खेल दशरथ रंगशालमा हुनेछ। बाँकी खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा संचालन हुनेछन्।

२०७७ माघ २३ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: