Sun. Mar 16th, 2025

भारतमा सुरु भयो खोप अभियान

४ माघ , एजेन्सी –

भारतमा कोरोना भाइरसविरुद्ध खोप अभियानको शनिबारदेखि सुरु भएको छ । विश्वव्यापी महामारीको रूप लिएको कोरोनाविरुद्धको खोप अभियानको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेका हुन् । नयाँदिल्लीको अल इन्डिया इन्स्टिच्युटको अफ मेडिकल साइन्सेज ९एम्स्० का सफाइ कर्मचारी मनीष कुमार पहिलो खोप लगाउने व्यक्ति बने ।

उनले एम्स्मै रहेको केन्द्रमा खोप लगाए । भारतको मुम्बईस्थित एक अस्पतालकी स्वास्थ्यकर्मी मधुरा पाटिल शनिबार महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेको उपस्थितिमा कोरोना भाइरसविरुद्धको खोप लिँदै ।

प्रधानमन्त्री मोदीले खोप अभियानलाई कोरोनाविरुद्धको लडाइँको निर्णायक चरण भनेका छन् । मोदीले अभियानको पूर्वसन्ध्यामा शुक्रबार साँझ ट्वीट गर्दै खोप अभियानसँगै भारत कोरोनाविरुद्धको लडाइँमा निर्णायक चरणमा प्रवेश गर्ने बताएका थिए 

‘भोलि बिहान साढे दस बजेदेखि भारतभर खोप अभियान सुरु हुँदै छ,’ मोदीले ट्वीटमा भनेका थिए । भारतमा हालसम्म १ करोड ५ लाखभन्दा बढी संक्रमित भइसकेका छन् भने १ लाख ५२ हजारभन्दा बढीको संक्रमणका कारण मृत्यु भइसकेको छ ।

२०७७ माघ ४ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: