Thu. Nov 28th, 2024

धादिङको जवाङका किसानलाई पाँचसय थान क्रेट प्रदान


२६ पुस, धादिङ–


धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं १० जवाङका किसानलाई पाँचसय थान क्रेट प्राप्त भएको छ । सुन्तला विक्रि गर्ने समयमा बजारसम्म लैजान सजिलो होस् भन्ने उद्देश्यले सुन्तला किसानलाई क्रेट उपलव्ध गराइएको हो ।

वार्षिक डेढ करोडको हाराहारीमा सुन्तला विक्रि गर्ने जवाङका किसानलाई बेनिघाट रोराङ गाउँपालिकाले क्रेट उपलव्ध गराएको गाउँपालिकाका अध्यक्ष पित्तबहादुर डल्लाकोटीले बताए । किसानहरुलाई शनिबार एक कार्यक्रमका बिच अध्यक्ष डल्लाकोटीले क्रेट प्रदान गरेका हुन् ।

स्थानीय लालीगुराँस र सिर्जना आमा समूहले जवाङको सुन्तला विक्रिका लागि समन्वय गरिरहेको छ । दुबै आमा समूहलाई २५०/२५० ओटा क्रेट शनिबार उपलव्ध गराइएको हो । क्रेट हस्तान्तरण गर्दै गाउँपालिकाका अध्यक्ष डल्लाकोटीले अब सुन्तला विक्रिका लागि बजार लैजान किसानलाई सहयोग पुग्ने बताए ।

गाउँपालिकाले सुन्तला विक्रिसंगै अन्य प्रयोजनका लागि दुबै आमा समूहको नाममा सामुदायिक भवन पनि बनाएको छ । १० लाख र ५ लाख गरि आमा समूहका दुईओटा सामुदायिक भवन पनि बनेको छ । जवाङलाई बेनिघाट गाउँपालिकाले सुन्तला पकेट क्षेत्रको रुपमा विकास गर्ने योजना पनि बनाएको छ ।

२०७७ पुस २६ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: