Thu. Nov 28th, 2024

यस वर्षको एसईई परीक्षा जेठमा हुने

१५ पुस , धादिङ

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईई आगामी जेठमा गर्ने निर्णय गरेको छ।

एसईई २०७७ मा सहभागी हुन बोर्डले आवेदन आह्वान गरेको छ। विगतमा साउनमै खुल्ने गरेको फारम यस पटक कोभिड–१९ महामारीका कारण पुसमा खुल्ला गरेको हो।

परीक्षामा सहभागी हुन चाहने विद्यार्थीले १६ पुसदेखि २१ माघसम्ममा फाराम भरिसक्नु पर्ने बोर्डले जनाएको छ।

साथै, रजिस्ट्रेसन शुल्क प्रतिविद्यार्थी ३०० रुपैयाँ निर्धारण गरिएको छ।

२०७७ पुस १५ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: