Fri. Nov 29th, 2024

वाग्मती प्रदेशका तीन मन्त्रीद्वारा सामूहिक राजीनामा

१० पुस , हेटौँडा –

वाग्मती प्रदेशका तीन मन्त्रीले शुक्रबार सामूहिक राजीनामा दिएका छन् । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव प्रदेशसभामा दर्ता गरेसँगै दाहाल–नेपाल खेमाका तीनजना मन्त्रीले सामूहिक राजीनामा दिएका हुन् ।

वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्मकट्टेल, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाल तथा सामाजिक विकास मन्त्री युवराज दुलालले सामूहिक राजीनामा दिएका हुन् ।

२०७७ पुस १० गते प्रकाशित

About The Author

अन्य समाचारहरु: