७ पुस , धादिङ –
नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षको केन्द्रीय कमिटी बैठकले २०७८ मंसिरमा पार्टी महाधिवेशन गर्ने प्रस्तावलाई अनुमोदन गरेको छ । पार्टीको नयाँ महाधिवेशन मंसिर २ गतेदेखि ७ गतेसम्म आयोजना हुने ओलीपक्षीय समूहका प्रवक्ताको नयाँ जिम्मेवारी पाएका प्रदीप ज्ञवालीले जानकारी दिएका छन् ।
बालुवाटारमा जारी बैठकले अध्यक्ष ओलीको प्रस्तावलाई अनुमोदन गरेको हो । यसअघि माघमा बसेको नेकपाको केन्द्रीय कमिटी बैठकले ०७७ चैतमा महाधिवेशन गर्ने निर्णय गरेको थियो ।
२०७७ पुस ७ गते प्रकाशित