६ पुस , काठमाडौ –
प्रधानमन्त्री केपी ओलीले पछिल्लो राजनीतिक घटनालगायत विषयमा सोमबार देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा हुने सम्बोधनको नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने जनाइएको छ । प्रधानमन्त्रीले दिउँसो ३ बजे देशवासीका नाममा सम्बोधन गर्न लागेको बालुवाटार स्रोतले जनाएको छ।
संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेको भोलिपल्ट प्रधानमन्त्रीले देशवासीलाई सम्बोधन गर्न लागेका हुन् । ओलीले मंगलबार बिहान विघटित संसदका आफू पक्षीय सदस्यसँग परामर्श गरेका थिए । ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी हुन्।
संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरी प्रधानमन्त्रीले संसद विघटन गरेपछि यसको चारैतिर विरोध सुरु भएको छ।
२०७७ पुस ६ गते प्रकाशित