२ पुस , काठमाडौ –
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली मंगलबार राष्ट्रपतिबाट जारी भएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता लिन सहमत भएका छन् ।
बुधबार दिउँसो १ बजेका लागि बोलाइएको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओली सहभागी नभएपछि कार्यकारी अध्यक्ष र महासचिव विष्णु पौडेलसँगको छलफलमा अध्यादेश फिर्ता लिन ओली सहमत भएका हुन् ।
अध्यादेश फिर्ता लिन सहमत भएका प्रधानमन्त्री ओलीले अध्यादेशबारे छलफलका लागि विशेष अधिवेशन माग गर्दै नेकपा नेताले शीतल निवासमा पुर्याएको निवेदन फिर्ता गर्न प्रचण्डसँग आग्रह गरेका छन् । प्रचण्डलेसमेत ओलीको आग्रहलाई स्वीकार गरेपछि स्थायी कमिटी बैठक सुरु भएको हो ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संवैधानिक परिषद् ९काम, कर्तव्य, अधिकार र कार्यविधि० सम्बन्धी ऐन, २०६६ को ९पहिलो संशोधन० अध्यादेश २०७७ जारी गरेपछि त्यसको चौतर्फी विरोध सुरु भएको छ।
राष्ट्रपति भण्डारीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेपछि यसको चौतर्फी विरोध भइरहेको छ। अध्यादेशसम्बन्धी विवाद अदालतसम्म पुगेको छ। बुधबार अधिवक्ता ओमप्रकाश अर्यालले अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा रिटसमेत पेश गरेका छन्।
२०७७ पुस २ गते प्रकाशित