
२८ कार्तिक, एजेन्सी –
अर्जेन्टिनाले पहिलो हाफमा पेनाल्टीबाट गोल खाएपछि पछाडि परेको स्थितिबाट विश्वकप छनोटमा बिहीबार पाराग्वेलाई १–१ को बराबरीमा रोकेको छ ।
पाराग्वेले एन्जेलो रोमेरोको पेनाल्टी गोलमा अग्रता लिएको थियो । पहिलो हाफ सकिन चार मिनेट अगाडि निकोलस गोन्जालेजले अर्जेन्टिनाका लागि बराबरी गोल फर्काए । दक्षिण अमेरिकी विश्वकप छनोटको बिहीबार भएको अर्को खेलमा इक्वेडरले बोलिभियालाई ३–२ ले हरायो ।
कुल दस टिम सम्मिलित दक्षिण अमेरिकी विश्वकप छनोटमा अर्जेन्टिना तीन खेलबाट सात अंकसहित शीर्ष स्थानमा रहेको छ । त्यसपछि समान छ अंकमा ब्राजिल र इक्वेडर छन् ।
२०७७ कार्तिक २८ गते प्रकाशित