२७ कार्तिक , एजन्सी –
भारतको आग्रामा बिहीबार भएको कार दुर्घटनामा ३ जना नेपालीको मृत्यु भएको छ। अन्य पाँच जना घाइते भएका छन्।
मृत्यु हुनेमा २ जना पुरुष बाग्लुङ र एक जना महिला जनकपुरको रहेको बुझिएको छ। घाइते पाँच जनालाई दिल्लीको एआइआइएम् अस्पतालमा भर्ना गरिएको छ । आग्राबाट आउँदै गरेको कार ट्रकसँग ठोकिएर दुर्घटना भएको हो।
२०७७ कार्तिक २७ गते प्रकाशित