Sun. Mar 16th, 2025

आफ्नै निर्वाचन विवादमा, तर अन्य देशलाई प्रजातन्त्रको पाठ पढाउँदैछ अमेरिका

२० कार्तिक, एजेन्सी

बिहानै आईभोरी कोस्टस्थित अमेरिकी दूतावासले त्यहाँका नेताहरुसँग प्रजातान्त्रिक प्रक्रिया र कानूनी शासनप्रति आफ्नो प्रतिबद्धता देखाउन अपिल गर्दै विज्ञप्ति निकाल्यो । विश्वका धेरै देशमा निर्वाचन हुँदा अमेरिकी कुटनीतिज्ञहरुले यस्तै भाषामा विज्ञप्ति निकाल्छन् । विशेषगरी त्यस्ता देशमा जहाँ प्रजातन्त्र पूर्ण रुपमा सुरक्षित छैन ।

तर, आईभोरी कोस्टमा अमेरिकी दूतावासले विज्ञप्ति जारी गर्नुुभन्दा केही घण्टाअघि अमेरिकी राष्ट्रपतिले आफ्नै निर्वाचनबारे जथाभावी टिप्पणी गरे । ह्वाइटहाउसमा स्थानीय समयअनुसार मंगलबार मध्यरातको केही घण्टा बितेपछि डोनाल्ड ट्रम्प आफ्ना प्रतिस्पर्धी जो बाइडेनविरुद्ध खनिए । उनले ‘मतगणना सबै बन्द हुनुुपर्छ’ भने । आधारहिन रुपमा उनले डेमोक्रेट्सहरुले धाँधली गरेको आरोप लगाए । ट्वीटरमा पनि उनले यस्तै आरोप लगाए, जसकारण ट्वीटरसहितका अन्य सामाजिक सञ्जालले उनका पोस्टहरुसँगै चेतावनीयुक्त सन्देश पनि राखिदिएको थियोे । जहाँ उनका सन्देश ‘विवादीत’ र ‘गलत’ हुनसक्ने उल्लेख थियो ।

तनावपूर्ण बहस र कुुरुप अभियानले पहिल्यै विदेशमा अमेरिकी प्रजातान्त्रिक प्रणालीको कमजोरी देखाइसकेको थियो, तर अमेरिकी नेताले खुलेयाम ‘मतलाई यसरी अवैध ठहर गर्न खोज्छन्’ भन्ने विषय धेरैका लागि अझै आश्चर्य थियो ।
धेरै देशमा ट्रम्पको टिप्पणीलाई आतङ्कका रुपमा लिइयो, केही देश यस्तो टिप्पणीबाट खुसी पनि थिए, जहाँ आलोचकहरुले लामो समयदेखि प्रजातान्त्रिक अधिकारबारे वासिङटन बढी जान्ने बनेको आरोप लगाउँछन् ।

बुधबार जर्मन रक्षामन्त्री एन्नीग्रेट क्राम्प कारेनबाउरेले अमेरिकाले धेरै खतरनाक अवस्था र सम्भावित संकट सामना गरेको बताए । ‘यो निर्वाचनको निर्णय भइसकेको छैन ।।।। अझै मतगणना भइरहेको छ । तर, नतिजाको वैधतालाई लिएर लडाइँ सुरु भइसकेको छ ।’

बेलायती प्रधानमन्त्री बोरिस जोनसोनले यस निर्वाचनबारे टिप्पणी गर्न अस्विकार गरे । यद्यपी, कन्जरभेटिभ पार्टीका विधायक तथा पूर्व विदेशमन्त्री जेरेमी हन्टले बीबीसीसँग भनेका छन्, ‘यस प्रक्रियाबारेको ठूलो बहसले पुटिन र सी जिनपिङजस्ता राष्ट्रपतिहरुको मुहारमा हाँसो ल्याउनसक्छ । उनीहरुले आफ्नै जनतातर्फ फर्किएर सोध्न सक्छन् – हामीले यस्तो तनाव व्यहोर्नुपरेको छैन, के यसमा तपाईं खुसी हुनुुहुुन्न रु र, यस्तो अवस्था पूर्णत विध्वंश हो ।’

वर्षौँदेखि अमेरिकाले विश्वभर प्रजातान्त्रिक प्रक्रियाको न्यायाधिशका रुपमा आफुलाई उभ्याइरहेको छ, उसले मतदान प्रक्रियालाई निगरानी गर्छ, प्रजातान्त्रिक विपक्षीहरुलाई समर्थन गर्छ र निर्वाचनलाई अवमुल्यन गरेको वा धाँधली गरेको भन्दै देशहरुको आलोचना गर्छ । यसै साता अमेरिकी सिनेट विभागले चीनको अर्धस्वायत्त भूूभाग हङकङमा प्रजातान्त्रमाथि आक्रमण भएको भन्दै निन्दा गरेको थियो । रुसको निकट सहयोगी बेलारुसमा तनावपूर्ण निर्वाचनपछि निर्वाचित भएका अलेस्यान्द्र लुकासेन्कोलाई अमेरिकाले ‘वैध निर्वाचित नेता’ मान्दैन ।

चीनका कुटनीतिज्ञ र आधिकारिक सरकारी मुखपत्रहरु अमेरिकी निर्वाचनको नतिजा र जारी प्रतिस्पर्धाबारे धेरै हदसम्म मौन छन् । तर, उनीहरुले लामो समयदेखि अन्तर्राष्ट्रिय प्रजातन्त्रको पहरेदारका रुपमा आफुलाई उभ्याउने वासिङ्टन र राष्ट्रपति ट्रम्पको टिप्पणीबारेको भिन्ततालाई प्राथमिकताका साथ प्रकाशित गरेका छन् । त्यहाँको सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सले बुधबार ‘अमेरिकाको गहिरो विभाजन लोकतान्त्रिक मुल्यको विपक्ष छ’ शीर्षकमा टिप्पणी प्रकाशित गरेको छ ।

‘सभ्य र सुन्दर ढंगले प्रजातन्त्रको अभ्यास गरिन्छ । जसले निर्वाचन गुमाउँछ । निर्वाचन गुमाउनेले शान्त रहेर नतिजा स्वीकार्दै भिन्नता कम गरेर देशलाई अघि बढाउनका लागि अपिल गर्ने अपेक्षा गरिएको हुन्छ । तर, आजकल अमेरिकामा यस्तो हुन्छ जस्तो देखिँदैन,’ वाङ वेनवेनले लेखेका छन् ।

२०७७ कार्तिक २० गते प्रकाशित

About The Author

अन्य समाचारहरु: