Sun. Mar 16th, 2025

विश्वभर कोरोना सङ्क्रमितको सङ्ख्या ४ करोड नाघ्यो


२ कात्तिक, काठमाण्डौ –

विश्वभर कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या चार करोड नाघेको छ । विश्वका दुई सय १५ देशमा फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म चार करोड २३ हजारभन्दा धेरै सङ्क्रमित भएको वर्ल्डोमिटरले जनाएको छ ।

यस्तै सङ्क्रमितमध्ये ११ लाख १५ हजार छ सयभन्दा धेरैको ज्यान गएको छ भने दुई करोड ९९ लाख ३४ हजारभन्दा धेरै उपचारपछि निको भएका छन् ।

विश्वमा अहिले ८९ लाख ७२ हजारभन्दा धेरै सक्रिय सङ्क्रमित रहेका छन् । अहिलेसम्म सबैभन्दा धेरै अमेरिकामा ८३ लाख ४३ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि हुँदा दुई लाख २४ हजारभन्दा धेरैको ज्यान गएको छ ।

यस्तै सबैभन्दा प्रभावितको दोस्रो स्थानमा रहेको भारतमा ७४ लाख ९४ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि हुँदा एक लाख १४ हजारभन्दा धेरैको ज्यान गएको छ ।

केही दिनयता नेपालमा पनि कोरोना सङ्क्रमणको दर बढिरहेको छ । आइतबार दुई हजार नौ सय ४२ जनामा सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको कुल सङ्ख्या एक लाख ३२ हजार दुई सय ४६ पुगेको छ । तीमध्ये ९२ हजार एक सय ६६ जना सङ्क्रमणमुक्त हुँदा सात सय ३९ जनाको ज्यान गएको छ ।


२०७७ कात्तिक २ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: