Tue. Mar 11th, 2025

आईपीएलमा कोलकातालाई ८ विकेटले हराउँदै मुम्बई शीर्ष स्थानमा

१ कात्तिक, काठमाडौं –

मुम्बई इन्डियन्स आइपिएलको शीर्ष स्थानमा उक्लिएको छ। शुक्रबार राति भएको खेलमा कोलकता नाइटराइडर्समाथि ८ विकेटको जित निकाल्दै मुम्बई शीर्ष स्थानमा पुगेको हो।

अबुधाबीमा भएको खेलमा कोलकताले दिएको १४९ रनको लक्ष्य मुम्बईले १६.५ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो। मुम्बईको जितमा क्विन्टन डि ककले नटआउट ७८ रन बनाए । यस्तै रोहित शर्माले ३५, सूर्यकुमार यादवले १० र हार्दिक पाण्ड्याले २१ रन बनाए । हार्दिक नटआउट रहे ।

बलिङतर्फ वरुण चक्रवर्ती र शिवम माभीले १–१ विकेट लिए । यसअघि अबुधाबीको जायद स्टेडियममा टस जितेर पहिले ब्याटिङ गर्दै कोलकाताले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १४८ रन बनाएको थियो ।

कोलकाताको लागि पेट कमन्सिनले नटआउट ५३ रन बनाए । दिनेश कार्तिकले कप्तान छाडेपछि टिमको नेतृत्व गरेका इयान मोर्गानले नटआउट ३९ रन बनाए ।

ओपनर राहुल त्रिपाठी ७ रनमा आउट भए । यस्तै शुभम गिलले २१ रन बनाए । नितिश राना ५ रनमा आउट भए । कप्तानी छाडेका दिनेश कार्तिक पनि क्रिजमा टिकेनन् । उनले ४ रनमात्र बनाउन सके । आन्द्रे रसेलले १२ रन बनाए ।

बलिङतर्फ राहुल चहारले २ विकेट लिए ।

२०७७ कात्तिक १ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: