Tue. Mar 11th, 2025

खेलाडीलाई राहत वितरण

२८ असोज , जुम्ला –

कोरोना माहामारीलाई मध्यनजर गर्दै जुम्ला अखिल नेपाल फुटबल संधले जुम्लाका खेलाडी कोच र प्रशिक्षकलाई राहत वितरण गरेको छ। प्रत्येक खेलाडीलाई २५ सयका दरले रातह वितरण गरिएको हो। बुधबार जुम्लाको राज सिममा जुम्लाका संघीय शंसद गजेन्द्रबहादुर महतको प्रमुख अथित्यमा रातह वितरण गरिएको हो।

लकडाउनले कुनै पनि आयोजना र कार्यक्रम हुन नसकेकाले यसको मर्का खेलाडीमा पनि परेकोले अखिल नेपाल फुटवल संघ केन्द्रीय कार्यालयको सहयोग र अखिल नेपाल फुटवल संघको आयोजना राहत वितरण गरिएको जुम्ला जिल्ला फुटवल संघका अध्यक्ष भरत बुढथापाले बताए। दशैं नजिकिंदै गरेको समयमा थोरै पैसाले खासै केहि त नभए पनि नुन तेल रिचार्ज गर्न भए पनि केही राहत हुने अध्यक्ष बुढथापाले बताए।

कार्यक्रमा बोल्दै संसद गजेन्द्रबहादु महतले खेल जगत पछाडि परेको समयमा खेलाडीलाई संरक्षण गर्न फुटवल संघले यति गर्नु राम्रो काम भएको बताए।
खेलाडी रुबेन भण्डारी खेल जीवन रमाइलो भए पनि जिविकोपार्जनमा भने निकै समस्या हुने कुरा उल्लेख गरे। कोरोनाको बेला यस्ता राहतले केहि सहयोग भए पनि अरु समय खेलाडी लक्षित कार्यक्रम हुन जरुरी भएको उनको भनाइ छ।

२०७७ असोज २८ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: