
२६ भदौ, धादिङ –
विश्वभर २ करोड ८३ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ ।पछिल्लो २४ घण्टामा ३ लाख १ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या २ करोड ८३ लाख १६ हजार ५६६ पुगेको हो ।यस्तै एकै दिन थप ५ हजार ९८४ जनाको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ९ लाख १३ हजार २८४ पुगेको छ ।
एकै दिन २ लाख ३६ हजार ६८३ मानिस कोरोना संक्रमणमुक्त भएका छन् । तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका शुक्रबार बिहानसम्म कोरोनाबाट निको हुनेको संख्या २ करोड ३ लाख २८ हजार ४२८ पुगेको छ ।
२०७७ भदौ २७ गते प्रकाशित