१ भदौँ, धादिङ–
बागमती प्रदेशमा कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या २ हजार ८ सय ६६ पुगेको छ ।
प्रदेशको सामाजिक विकास मन्त्रालय अनुसार आईतबार प्रदेशको ७ जिल्लामा २ सय ५ जनामा कोरोना पुष्टि भए संगै सक्रमितको संख्या २ हजार ८ सय ६६ पुगेको हो ।
यसैगरि प्रदेशमा हालसम्म १७ संक्रमितको मृत्यु भएको छ भने ६ सय ५४ जना कोरोना निको भएर घर फर्किसकेका छन् ।
२०७७ भदौ १ गते प्रकाशित