Sat. Mar 15th, 2025

लकडाउनबारे विज्ञका तीन मत

२१ साउन , काठमाडौ –

केपी शर्मा ओलीसँगको परामर्शमा जनस्वास्थ्यविज्ञले कोरोना संक्रमण रोकथाम गर्न मुख्य तीन सुझाव दिएका छन् । पहिलो सुझाव छ,कर्फ्युसहितको लकडाउन । दोस्रोमा लकडाउन र तेस्रो आंशिक लकडाउन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भने कोभिड–१९ सँग जुध्न सरकारले गरेको काम र प्रयासले मात्र सम्भव नहुने बताए । सबैले साथ र सहयोग गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ थियो । उनले जनतामा जति चेतना बढाउन सकिन्छ, कोभिडसँग लड्न त्यत्ति नै सजिलो हुने स्पष्ट पारे । तर, आफ्नै पार्टी ९नेकपा०का नेताहरूमा अहिले गैरजिम्मेवारपन देखिएको उनको गुनासो थियो । उनले विज्ञहरूको सुझावका आधारमा सीसीएमसी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र मन्त्रिपरिषद्मा पनि छलफल गरेर उचित निर्णय लिइने बताए ।

केही मानिस, केही माध्यम र केही संस्थामा अत्यन्तै गैरजिम्मेवारपन देखिन्छ । यथार्थमा भन्दा अन्त बुझ्न गइरहन पर्दैन मेरै पार्टीमा देखिन्छ । सरकारले २५ जनाभन्दा बढी भेला नहुन भनेको छ । तर, मेरै पार्टीमा ४ सय ५० को केन्द्रीय कमिटी तुरुन्त चाहियो भन्छन्, कहाँ बस्ने हो के गर्ने हो त्यस्तो सोच केही पनि छैन । तर, बैठक चाहिँ चाहियो भन्ने कुरा त मेरै पार्टीमा छ । स्थायी कमिटी अहिले नै बस्नुपर्‍यो, भरे बस्नुपर्‍यो त्यसबाहेक केही छैन’, प्रधानमन्त्रीले भने, ‘देश र जनताप्रतिको गम्भीर उदासीनता, लापरवाही, बेवास्ता गर्ने प्रवृत्ति र आफ्ना स्वार्थका पछाडि कुद्ने प्रवृत्ति व्यापक रूपमा देखिएको छ ।’

ओलीले कोभिडको संकटलाई विरोध गर्ने अवसरका रूपमा लिने प्रवृत्ति बदल्नुपर्ने पनि बताए । ‘यता पल्टाएर पनि विरोध, उता पल्टाएर पनि विरोध । कहिले लकडाउन किन गरेको भनेर विरोध, कहिले लकडाउन किन खोलेको भनेर विरोध’, उनले भने, ‘यो महामारी सबैको चुनौती हो, कसैले पनि यसलाई विरोधको अवसर ठान्नु हुन्न । जसका लागि सामाजिक अनुशासन चाहिन्छ, विरोधको अवसरका रूपमा लिने हैन ।’

लकडाउन हटेको १३ दिनभित्रै २७ सय संक्रमित बढेकाले फेरि लकडाउन गर्न सुझाव दिएको एक सहभागीले बताए । समुदायमा संक्रमण फैलिइसकेकाले तत्कालका लागि दुई साता कडा लकडाउन गर्नुपर्ने उनीहरूको धारणा थियो ।

जनस्वास्थ्यविद् डा रवीन्द्र पाण्डेले १५ दिन कडा खालको लकडाउन गर्नुपर्ने सुझाव प्रधानमन्त्रीलाई दिएको जानकारी दिए । पहिले भारतबाट आएका मात्रै संक्रमित हुन्थे भने अहिले समुदायमा पनि संक्रमित बढेका छन् । हामी अहिले कुन अवस्थामा छौं र के गर्ने भन्नेबारे हामीले प्रधानमन्त्रीलाई सुझाव दियौं’, डा पाण्डेले भने, १५ दिन कडा खालको लकडाउन गर्ने र त्यसपछि जनस्वास्थ्यका मापदण्ड अपनाउने गरी अगाडि बढ्न हामीमध्येका धेरैले सुझाव दिएका छौं । अर्का जनस्वास्थ्यविद् डा। समीरमणि दीक्षितले देशभरभन्दा पनि ठाउँविशेषका आधारमा लकडाउन गर्न सुझाव दिइएको बताए । समग्रमा सबैतिर लकडाउन गर्दा आर्थिकलगायत गतिविधि ठप्प हुन सक्छन , डा। दीक्षितले भने, ‘कोरोना पनि कति समय रहन्छ भन्ने ठेगान छैन । यसले गर्दा आर्थिक रूपमा थप मार खेप्नुपर्नेतर्फ सरकारले ध्यान दिएर ठाउँविशेषका आधारमा लकडाउन गर्नु उपयुक्त हुने सुझाव मैले दिएको छु ।’

२०७७ साउन २१ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: