Mon. Mar 10th, 2025

सुनको मूल्य तोलाको १ लाख १ हजार ४०० पुग्यो

२१ साउन , धादिङ –

नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । पछिल्लो महिना सुनको मूल्यले एकपछि अर्को कीर्तिमान बनाइरहेको बेला बुधबार छापावाल सुनको मूल्य १ लाख १ हजार ४०० पुग्दै नयाँ कीर्तिमान कायम भएको हो ।
मंगलबार तोलामा ९९ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार एकैदिन १६०० रुपैयाँले बढ्दै नयाँ कीर्तिमान कायम भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्ने क्रम नरोकिएकाले अझै बढ्न सक्ने बताएको छ । महासंघले आज तेजावी सुनको मूल्य भने १ लाख ९०० रुपैयाँ रहेको बताए ।

२०७७ साउन २१ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: