Mon. Mar 17th, 2025

विश्वभर कोरोना भाइरस संक्रमित हुनेको संख्या एक करोड ८० लाख

१८ साउन , काठमाडौ –

विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक करोड ८० लाख ३९ हजार ५० पुगेको छ। जसमध्ये ६ लाख ८९ हजार ९९ जनाको निधन भइसकेको छ। कोरोना भाइरसको महामारीका कारण विश्वमै सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कुल संक्रमितको संख्या ४७ लाख ६४ हजार ५८८ पुगेको छ। त्यहाँ ज्यान गुमाउनेको संख्या पनि एक लाख ५७ हजार ९०५ पुगेको छ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमित रहेको ब्राजिलमा २७ लाख ८ हजार ८७६ जना संक्रमित भएकोमा ९३ हजा ६१६ जनाले ज्यान गुमाएका छन्। यसैगरी संक्रमितको संख्यामा तेस्रो स्थानमा भारत रहेको छ। त्यहाँ १७ लाख ५४ हजार ११७ जनामा संक्रमण भएकोमा ३७ हजार ४१५ भन्दा धेरैको ज्यान गएको छ।

रसियामा ८ लाख ५० हजार ८७० जना संक्रमित भएका छन् भने १४ हजार १२८ जनाको निधन भइसकेको छ। स्पेनमा ३ लाख ३५ हजार ६०२ संक्रमित भएकोमा २८ हजार ४४५ जनाले ज्यान गुमाएका छन्।

बेलायतमा ३ लाख ३ हजार ९५२ संक्रमित भएकोमा ४६ हजार १९३ जनाको निधन भइसकेको छ। पछिल्लो समय पेरुमा पनि संक्रमितको संख्या लगातार बढ्दै गएको छ। त्यहाँ संक्रमितको संख्या ४ लाख २२ हजार १८३ छ भने १९ हजार ४०८ जनाको निधन भइसकेको छ।
२०७७ साउन १८ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: