२७ जेठ, धादिङ – चट्यान लागेर धादिङमा एक जना महिलाको मृत्यु भएको छ ।
बुधबार बेलुकी परेको चट्यान लागेर धादिङको नलाङ गाँउ विकास समितिको वडा नं ६ नयाँबस्तीका ५५ वर्षीया सुन्तली नेपालीको मृत्यु भएको प्रहरी नायव उपरीक्षक प्रकाश मल्लले जानकारी दिनुभएको छ ।
पानी तथा हावाहुरीसँगै आएको चट्यानले अन्य ४ जना घाइते भएका छन् भने गाँउमा रहेका पशुचौपायहरु पनि मरेको छ । चट्यान लागेर स्थानीय ३५ वर्षीय दिपक वि.क, एक बच्चा, १ महिला र अन्य एक जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल धादिङबेसी ल्याइदै गरेको स्थानीय तिलक सिम्खडाले जानकारी दिनुभयो ।