२४ असार, धादिङ–
सदरमुकाम धादिङबेसीमा रहेको नीलकण्ठ बहुमुखी क्याम्पसमा अध्ययनरत विवेचना सिलवाल स्नातक तह प्रथम वर्षको परीक्षामा नेपाल प्रथम भएकी छन् ।
त्रिभुवन विश्व विद्यालयले गत भदौ महिनामा संचालन गरेको स्नातक तह प्रथम वर्षको शिक्षाशास्त्र सङ्कायको परीक्षामा सिलवाल नेपाल प्रथम भएकी हुन् । शिक्षाशास्त्र संकाय अन्तरगत अङ्ग्रेजी विषय अध्ययनरत सिलवाल ४ सय २५ अङ्क तथा ७०.८३ प्रतिशत सहित नेपाल प्रथम भएकी हुन् ।
सोही तहमा अध्ययनरत नीलकण्ठ बहूमुखी क्याम्पसकै हिरालक्ष्मी श्रेष्ठ कुल ४ सय ९ अङ्क तथा ६८.१६ प्रतिशत सहित नेपाल तृतीय भएकी छन् । नीलकण्ठ बहूमुखी क्याम्पसबाट नेपाल प्रथम भएको यो पहिलो हो । नीलकण्ठ बहूमुखी क्याम्पसले हालसालै मात्र QAA प्रमाणपत्र प्राप्त गरेको छ ।
२०७७ असार २४ गते प्रकाशित