Thu. Mar 13th, 2025

नेकपा स्थायी समिति बैठक असार २६ सम्म स्थगित


२४ असार, काठमाडौं–


नेकपा कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक असार २६ गतेसम्म स्थगित भएको छ । नेकपाभित्रको जारी विवाद नमिलेका कारण बैठक असार २६ गतेसम्म स्थगित भएको हो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आज तय भएको बैठक आगामी असार २६ गते बिहान ११ बजे बस्नेगरी स्थगित भएको जानकारी दिए ।

पार्टीभित्रको विवाद मिलाउनका लागि नेकपाभित्र केही दिनयता अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डसहितका नेताहरुबीच घनिभूत छलफल हुँदै आएपनि सहमति हुन सकेको छैन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले आफू नेतृत्वको सरकार ढाल्न खोजेको अभिव्यक्ति दिएपछि नेकपा भित्र विवाद चर्किएको हो ।

विवाद चर्किँदै जाँदा ओलीले प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट राजीनामा दिनुपर्ने दवाव पार्टीभित्रबाट परेको छ । तर, ओलीले आफूले राजीनामा नदिने बताउँदै आएका छन् ।


२०७७ असार २४ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: