Mon. Mar 10th, 2025

सातौँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा नेशनल माइक्रोफाइनान्सद्धारा स्वास्थ्य सामग्री वितरण


१९ असार, धादिङ–


धादिङबेसीमा केन्द्रिय कार्यालय रहेको नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लि.सातौँ वर्षमा प्रवेश गरेको छ । सातौँ वर्षमा प्रवेश गरेको अवसरमा फाइनान्सले सुरक्षात्मक स्वास्थ्य समाग्रीहरु प्रदान गरेको छ ।

प्रदेश नं १ ट्राफिक प्रहरी कार्यालय, इटहरी सुनसरी, प्रदेश नं २ को ट्राफिक प्रहरी कार्यालय, पथलैया, बारा, बागमतीको ट्राफिक प्रहरी कार्यालय, रामनगर, चितवनप्रदेश नं ५ को ट्राफिक प्रहरी कार्यालय, बुटबल, रुपन्देही, सुदुरपश्चिम प्रदेशको ट्राफिक प्रहरी कार्यालय, धनगढी, कैलाली लगायत जिल्लाप्रहरी धादिङबेसीलाई कोभिड १९ बाट बंच्न सुरक्षात्मक स्वास्थ्य समाग्रीहरु मास्क, सेनिटाईजर र ग्लोब बितरण गरेको छ ।

संस्थाले संचालनको छैठो वर्षको अबधिमा ४७ जिल्लाको ६५ वटा शाखा कार्यालय मार्फत ९० हजार घर परिवारलाई आफ्नो सेवाविस्तार गरी उनीहरूमा रू.४ अर्ब ३० करोडलगानीमा रहेको कर्जाको साथै सदस्यहरूबाट रू.१ अर्ब ६० करोड बचत परिचालन गरेको छ । संस्थाले सदस्यहरुको लघुउद्यम शिलता विकास लगायत बित्तीय साक्षरतामा मुख्य ध्यान केन्द्रित गरि अगाडी बढेको संस्थाको प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवले जानकारी दिए । हाल कोभिड १९ बाट प्रत्यक्ष रुपमा असर गरेका ग्राहकहरुलाई राहत स्वरुप ५० लाख बराबरको खाधान्न समाग्रीहरु बितरण गर्नुको साथै नेपाल सरकारको राहत कोषमा १० लाख सहयोग गरेको कुरा प्रमुख कार्यकारी अधिकृत यादवले जानकारी दिए ।

२०७७ असार १९ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: