Mon. Mar 17th, 2025

विश्वभर कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड नाघ्यो


१४ असार, काठमाण्डौ–


विश्वभर कोभिड–१९ द्वारा संक्रमित हुनेको संख्या आइतबार बिहान १ करोड पार भएको छ भने मृतकको संख्या ५ लाख नाघेको छ । अहिलेसम्म एक करोड ७३ हजारभन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि भएको वल्डोमिटरले जनाएको छ ।

अहिलेसम्म ५ लाख ६ सयभन्दा बढीको ज्यान गएको हो । एक करोडभन्दा बढी सङ्क्रमितमध्ये ५४ लाख ५१ हजारभन्दा बढी उपचारपछि निको भएका छन् ।

अमेरिकामा २५ लाख ९५ हजारभन्दा बढी सङ्क्रमितमध्ये एक लाख २८ हजारभन्दा बढीको ज्यान गएको छ । अमेरिकामा १ लाख ७७ हजारभन्दा बढी निको भएका छन् ।

ब्राजिलमा १३ लाख १५ हजारभन्दा बढी सङ्क्रमितमध्ये ५७ हजारभन्दा बढीको ज्यान गएको छ । ६ लाख २७ हजारभन्दा बढी सङ्क्रमित रहेको रुसमा ८ हजारभन्दा धेरैको ज्यान गएको छ ।

चौथो स्थानमा रहेको भारतमा ५ लाख २९ हजारभन्दा बढी सङ्क्रमितमा १६ हजारभन्दा बढीको ज्यान गएको छ । भारतमा ३ लाख १० हजारभन्दा बढी उपचारपछि निको भएका छन् ।

२०७७ असार १४ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: