धादिङ – धादिङबेसीमा नवनिर्मित सेमीकभर्ड हलको उद्घाटन गरिएको छ । बुधबार एक कार्यक्रमका बीच संविधान सभाका उपाध्यक्ष ओनसरी घर्ती मगरले उद्घाटन गर्नुभएको हो ।
कभर्ड हलको उद्घाटन गर्नुहुदै खेलकुद जगतलाई गम्भीर रुपमा दिने बताउनुभयो । खेलकुद राज्यको गहना भएतापनि खेलकुद जगतमा राज्यले दिने रकम कम भएको बताउनुभयो । भौतिक संरचना तथा आर्थिक रकम कम भएर कतिपय जिल्लाहरुमा समयमा नै कभर्ड हल निर्माण हुन नसकेको उहाँले बताउनुभयो । जिल्लामा आएको यस्तो भूकम्पको विपत्तिमा पनि कभर्ड हलको निर्माण गरेकोमा उहाँले खुसी व्यक्त गर्नुभयो ।
नवनिर्मित सेनी कभर्ड हल नेपाल सरकार युवा तथा खेलकुद परिषद् धादिङ जिल्ला खेलकुद विकास समितिले ३७ लाख १९ हजारमा निर्माण सम्पन्न गरेको हो । १६ मिटर चौडाई र १८ मिटर लम्बाई क्षेत्रफलमा निर्माण गरिएको हलमा व्याटमिन्टन, भलिबल, कँराते, तेक्वान्दो लगायतका खेलहरु खेल्न सकिने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मनराज भण्डारीले जानकारी दिनुभयो ।
कभर्ड हलको शिलान्यास संविधान सभाका उपाध्यक्ष ओनसरी घर्ती मगरले नै गर्नुभएको थियो । शिलान्यास पछि २०७० साल चैत २० गते निर्माण कार्य सुरु गरिएको थियो । यस अघि विंस. २०६४ सालबाट सेमी कभर्ड हलको निर्माण कार्य सुरु गरिएतापनि त्यसलाई पूर्णता दिन सकेको थिएन ।