Wed. Feb 26th, 2025

आर्थिक कारोबार व्यवस्थित गर्न सहकारी लेखापालन तालिम सुरु

sahakari

२७ जेठ धादिङ – आर्थिक कारोबारको व्यवस्थित अभिलेख राख्न सिकाउने उद्देश्यले सदरमुकाम धादिङबेशीमा बुधबारदेखि सहभागितामुलक सहकारी लेखापालन तालिम सुरु भएको छ ।

तालिमको पहिलो दिन लेखा, लेखाको उद्देश्य, सहकारीमा लेखाको महत्व लगायतका विषयमा जानकारी गराईएको थियो । तलिममा सदरमुकाम धादिङबेशी आसपासका विभिन्न सहकारी संस्थाका व्यवश्थापक तथा शेयर सदस्यहरुको उपस्थिती रहेको रहेको छ ।

साँकोष महिला कृषि सहकारी संस्था साँकोष धादिङको आयोजना तथा डिभिजन सहकारी कार्यलय धादिङको सहयोगमा तालिम संचालन गरिएको हो । तालिम ६ दिन सम्म चल्ने आयोजकले जानकारी दिएको छ ।

About The Author

अन्य समाचारहरु: