३० जेठ, धादिङ–
धादिङको ज्वालामुखी गाउँपालिकाका २७ जनामा कोरोना संक्रमण (कोभिड १९) पुष्टि भएको छ । भारतबाट आइ स्थानीय तहहरुले निर्माण गरेको क्वारेन्टिनमा बस्दै आएकाहरुमा शुक्रबार कोरोना पुष्टि भएको हो । संक्रमित मध्ये दुई महिला र २५ जना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
क्वारेन्टिनमा रहेकाहरुको आरडिटि टेष्टमा पोजेटिभ आएकाहरुको गत जेठ २८ गते स्बाब संकलन गरी पिसिआर परिक्षणका लागि पठाइएको थियो । राष्ट्रिय जनसंख्या प्रयोगशाला टेकु काठमाडौँमा गरिएको परिक्षणमा रिपोट पोजेटिभ अर्थात कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमितहरु मध्ये ज्वालामुखी गाउँपालिका वडा नं १ का ३५ वर्षीय महिला, ४३, ४४, ३६ र ५६ वर्षका पुरुष, वडा नं २ का ३७ वर्षीय वर्षीय महिला, ३३, ३२, २९, ४३, ५६, २७, ३७, २४ र ४८ वर्षीय पुरुष छन् । त्यस्तै वडा नं ५ का २६, ४२ र १६ वर्षीय पुरुष, वडा नं ६ का २६, २० र २९ वर्षीय पुरुष र वडा नं ७ का २२, २२, ४०, ५०, २१ र २२ वर्षीय पुरुष रहेका छन् ।
क्वारेन्टिनमा रहेकाहरुको आरडिटि टेष्टमा पोजेटिभ आएकाहरुको स्बाब संकलन गरी पिसिआर परिक्षणका लागि पठाइएको थियो । यसअघि शुक्रबार नै सिद्धलेक गाउँपालिका वडा नं २ का ३८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । जेठ २७ गते स्बाब संकलन गरि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौँ पठाइएकोमा पीसिआर रिर्पोट पोजेटिभ आएको हो ।
धादिङमा कोभिड १९ पुष्टि हुनेको संख्या ५८ पुगेको छ । बिहिबार त्रिपूरासुन्दरी गाउँपालिकाका ७ जना पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमित मध्ये ३ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।
२०७७ जेठ ३० गते प्रकाशित