Thu. Nov 28th, 2024

धादिङ बोर्डिङद्धारा १०१ जना शिक्षक तथा कर्मचारीको कोरोना स्वास्थ्य बीमा


२३ जेठ धादिङ–

धादिङ बोर्डिङ स्कुलले आफ्ना शिक्षक तथा कर्मचारीको कोरोना विशेष स्वास्थ्य बिमा गरिदिएको छ ।

कोरोना भाइरस (कोभिड -१९) को संक्रमण फैलिदै जादाँ सम्भावित जोखिम तथा सुरक्षाका लागि १०१ जनाको कोरोना स्वास्थ्य बिमा गरिएको धादिङ बोर्डिङका प्रिन्सिपल हरि लम्सालले जानकारी दिए । धादिङ आवासिय माध्यामिक विद्यालय, न्यू धादिङ बोर्डिङ र गणेश हिमाल क्याम्पसका शिक्षक तथा कर्मचारीको कोरोना स्वास्थ्य विमा गरिएको हो ।

प्रति व्यक्ति रु १ लाख बराबरको कोरोना स्वास्थ्य बिमा गरिदिएको छ। स्कुलले शिखर इन्स्योरेन्स कम्पनी मार्फत बिमा गरिदिइएको हो। महामारीको समयमा शिक्षक तथा कर्मचारीहरूको स्वास्थ्य अवस्थालाई मध्यनजर गरेर बिमा गर्नु पहिलो जिम्मेवारी भएकाले बिमा गरिदिइएको लम्सालले बताए ।

स्कुलले बैशाखको अन्तिम सातादेखि अनलाइन कक्षा सञ्चालन गरी विद्यार्थीहरुलाई शिक्षा प्रदान गरिरहेको छ ।

२०७७ जेठ २३ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: