Thu. Feb 27th, 2025

संविधान बन्ने ढोका खुल्यो : राष्ट्रपति यादव

rambaran yadab 1
२६ जेठ, धादिङ – राष्ट्रपति रामवरण यादवले भूकम्पपछि संविधान बन्ने ढोका खुलेको बताउनुभएको छ । भुकम्पपछिको प्रभाव, राहत तथा उद्धारको अवस्थाको निरीक्षण गर्न मंगलबार धादिङबेसी आइपुग्नु भएका यादवले भूकम्पले एकअर्कालाई सद्भावको पाठ सिकाएको बताउनुभयो ।

भूकम्पले सबै पार्टीका नेताहरु राष्ट्रिय सहमतिको नजिक पुगेको भन्दै उहाँले अब छिट्टै नै संविधान निर्माण भई देश प्रगतिको बाटो तर्फ लम्कने दाबी गर्नुभयो । महाविपत्तिले सबैलाई एकताबद्ध भएर अघि बढ्ने सन्देश दिएको भन्दै उहाँले अबका तीन महिनासम्ममा पनि अस्थायी बसोबासका लागि एकताबद्ध भएर अघि बढ्न सबै सेना, प्रहरी, राजनीतिक दल तथा नागरिक समाजलाई आग्रह गर्नुभयो ।अब बन्ने घर तथा विद्यालयका भवनहरु भूकम्प विरोधक बन्ने र सरकारले तोकेको निश्चित मापदण्ड अनुसार बनाउन सबैलाई आग्रह गर्नुभयो । वर्षयाम अगावै प्रभावित ठाँउहरुमा अस्थायी टहरा निर्माणका लागि सरकारले अनुदान दिने पनि उहाँले बताउनुभयो ।

rambaran yadab 2

कार्यक्रममा अर्थमन्त्री रामशरण महतले सरकारले दिने भनेको राहत रकममा कत्ति पनि ढिलाई नहुने बताउनुभयो । अस्थायी टहरा निर्माणका लागि स्थानीयहरुको उचित विवरण आइसकेपछि सहि परिवारको छनोट गरि वितरण गर्ने जानकारी दिनुभयो । उहाँले सडक सञ्जाल पुग्न नसकेका गाविसहरुलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो । निरीक्षणका क्रममा सद्भावना पार्टीका राजेन्द्र महत्व, नेकपा संयुक्तका चन्द्रदेव जोशी लगायतको पनि सहभागीता रहेको थियो ।

गोरखाहुदै धादिङबेसी आउनुभएका राष्ट्रपति यादवले धादिङबेसीका कार्यलाई निर्देशन दिनुभए लगत्तै उत्तरी धादिङको क्षतिग्रस्त गाँउ विकास समितिहरुको अवलोकन गर्नुहुदै सेर्तुङका स्थानीयहरुसँग अन्र्तक्रिया गरी काठमाडौँ फर्कनुभएको छ  ।

भूकम्प गए अगत्तै जिल्लामा गरिएको उद्धार तथा राहत वितरणका विषयमा धादिङका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे र सबुज दल गण धादिङका गणपति सेनानी विचित्रराज रेग्मीले राष्ट्रपति यादवलाई जानकारी गराउनुभएको थियो ।

About The Author

अन्य समाचारहरु: