२५ बैशाख, धादिङ–
नेपालमा कोरोना संक्रमितको संख्या १०१ पुगेको छ । बिहिबार कपिलबस्तुका १६ र २२ वर्षका दुई पुरुषहरुमा कोरोना भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँको प्रयोगशालामा भएको परिक्षणमा नयाँ संक्रमितको पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रबक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए ।
उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ।
२०७७ बैशाख २५ गते प्रकाशित