२३ बैशाख, धादिङ –
जिल्ला अस्पताल धादिङलाई DXN धादिङले १५ सेट पीपीई सहयोग गरेको छ । मंगलबार एक कार्यक्रमकाबीच DXN धादिङका सञ्चालक अशोक कुमार बस्नेतले अस्पताललाई प्रदान गरेको हो ।
DXN धादिङमा आबद्ध ७ जनाको संयुक्त सहयोगमा करिब ७२ हजार बराबरको पीपीई हस्तान्तरण गरिएको हो । स्वास्थ्य क्षेत्रमा खटिएका स्वास्थ्यकर्मीको सुरक्षालाई मध्यनजर गर्दै सहयोग गरिएको उनले बताए ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमण नेपालमा पनि फैलिएको छ । यसको रोकथाम तथा नियन्त्रणका लागि तीनै तहको सरकारले सुरक्षाका कार्यहरु अपनाइरहेको छ ।
२०७७ बैशाख २३ गते प्रकाशित