Tue. Mar 4th, 2025

सहयोगी हात शैक्षिक क्षेत्रमा

pr
२५ जेठ, धादिङ – मण्डली इङ्लीस स्कुलका पूर्व प्रिन्सीपल अमेरिकामा बसोवास गर्दै आउनुभएका डिक बिर महतले भूकम्पबाट प्रभावित भएको स्कुलको कम्प्युटर ल्याब र भौतिक संरचना पुन निर्माणको लागि १ लाख सहयोग गर्नुभएको छ । भुकम्पबाट शैक्षिक क्षेत्रमा परेको असरलाई केही हदसम्म भएपनि न्युनीकरण गर्नको लागि ढोला गाउ विकास समिति वडा नम्बर ३ मा रहेको मण्डली इङ्लीसलाई सहयोग गनुभएको हो ।

आफुले प्रिन्सिपलको रुपमा केही बर्ष काम गरेको उक्त विद्यालयलाई सहयोग गर्न पाउदा आफु निकै खुसी भएको जानकारी दिनुभयो । २१ औ शताब्दीको यो युगमा अझै पनि ग्रामिण भेगका बालबालिकाहरुको पहुँचमा कम्प्युटर शिक्षा पुग्न नसकेको प्रति गहिरो चिन्ता व्यक्त गर्दै उहाँले विद्यालयलाई कम्प्युटर खरिद गर्न सघाउने उद्देश्यले आफुले केही रकम सहयोग गरेको बताउनुभयो।

ग्रामिण क्षेत्रमा रहेर सुफत मुल्यमा अंग्रेजी माध्यमबाट शिक्षा प्रदान गर्दै आएको सो विद्यालयमा अध्ययनरत केही विद्यार्थीको शिक्षामा सहयोग पु¥याउने उद्देश्य सहित उनले जेहेन्दार छात्रावृद्धी कोषको समेत स्थापना गर्ने बताए । सो विद्यालयमा अध्यायनरत रहँदा आफुले उक्त ठाऊँका स्थानीयहरुबाट धेरै माया र सद्भाव पाएको कारण सो गाँउसंग आफ्नो गाढा सम्बन्ध रहेको भन्दै बालबालिकाको शिक्षामा सहयोग गर्न कुनै कन्जुस्याई नगर्ने उहाँ बताउनुहुन्छ ।

गुणस्तरिय शिक्षा प्रदान गरि त्यस क्षेत्रकै अब्बल विद्यालयको रुपमा परिचित ढोला गाँउ विकास समितिमा रहेको सो विद्यालय प्रति आफ्नो पुर्व प्रिन्सीपलले देखाउनु भएको अपार मायाले आफुहरु निकै हौसिएको र इन्टरनेट सहितको कम्प्युटर शिक्षा प्रदान गर्न हतार लागि सकेको विद्यालयका प्रिन्सीपल हरिप्रसाद भट्टको जानकारी दिनुभयो ।

About The Author

अन्य समाचारहरु: