५ बैशाख, काठमाडौँ –
नेपालमा एकैदिन कोरोना संक्रमित १४ जना थपिएका छन् । स्वास्थ्य मन्त्रालयले उदयपुरमा १२ र चितवनमा २ जना थपिएको पुष्टि गरेको छ ।
मन्त्रालयले आफ्नो आधिकारिक वेबसाइटमा शुक्रबार साँझ अध्यवाधिक गरेको तथ्यांकअनुसार यसअघिका १६ गरी नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ ।
मन्त्रालयका अनुसार चितवनमा पुष्टि भएकामा एक २७ वर्षीय र ६३ वर्षीय पुरुष छन्। उदयपुरमा संक्रमण पुष्टि भएकामाहरुमा पनि सबै पुरुष नै छन्। उनीहरुको उमेर ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ वर्ष रहेको छ।
३० जना संक्रमित मध्ये एकजना उपचारपछि निको भएर घर फर्किइसकेका छन्।
२०७७ बैशाख ५ गते प्रकाशित