४ बैशाख, धादिङ
ज्वालामुखी गाउँपालिका वडा नं ३ अमराईमा स्वास्थ्य सामग्री बोकेको एम्बुलेन्स तोडफोड भएको छ ।
आरडीटीमा पोजिटिभ देखिएका ज्वालामुखीकै २७ वर्षीय युवकलाई अस्पताल लैजान नमानेको आरोपमा स्थानीयले बुधबार राति एम्बुलेन्स तोडफोड गरेका हुन् ।
मैदी स्वास्थ्य चौकीद्वारा सञ्चालित बा २ झ २७२५ नम्बरको एम्बुलेन्स स्थनीयले तोडफोड गरेका हुन् ।
युवकका आफन्तले चालक कृष्णप्रसाद श्रेष्ठलाई घेरा हाली व्यक्तिगत सामान बोकेको तर बिरामी बोक्न नमानेको आरोप लगाउँदै एम्बुलेन्समा ढुंगा हानेका थिए ।
मंगलबार आरडीटीमा पोजिटिभ देखिएका दक्षिण कोरियाबाट आएका ती युवकलाई ज्वालामुखी गाउँपालिकाका कुनै पनि एम्बुलेन्सले बोक्न नमानेपछि आफैं मोटरसाइकल चलाएर जिल्ला अस्पताल गएका थिए ।
२०७७ बैशाख ४ गते प्रकाशित