Thu. Nov 28th, 2024

कोरोनाको डरबाट बालबालिका र जेष्ठ नागरिकहरुलाई मानसिक रुपमा कसरी बलियो बनाउने ?

सुमित्रा भण्डारी

कोरोना भाईरस ( कोविड १९) चिन बाट देखा परेको भएता पनि हाल विश्वको सबै जसो देशहरुमा यसले माहामारीको रुप लिईरहेको छ । कोरोना भाईसको कारण विश्वभर १४ लाख ३३ हजार ५५ जनामा संक्रमण देएिको छ भने ८२ हजार १३६ जनाको मृत्यु भईसकेको छ । त्यस्तै ३ लाख २ हजार ३६७ जना उपचार पछि निको भई घर फर्किसकेको तथ्याङ्क विभिन्न माध्यमहरुबाट जानकारीमा आईरको छ ।

हाम्रो देश नेपाल पनि कोरोना भाईरसबाट अछुतो रहन सकेन । ंनेपालमा पनि ९ जनामा यसको संक्रमण फेला परिसकेको छ । आज भन्दा पहिले पनि इबोला , मर्स र सार्स जस्ता महामारीको समयमा विभिन्न मुलुकहरुले सेल्फ क्वारेन्टाइनको अभ्यास गरिरहेको थियो । नेपालको लागि लकडाउन,क्वारेनटाईन र होम आइसोलेसन नयाँ अभ्यास हो ।

यस अवस्थाको विषम परिस्थितिका कारणको तनावले गर्दा जो सुकै व्यतिmहरुमा पनि मनोसामाजिक समस्याका केहि संकेतहरु देखापर्न सक्दछ । जस्तै ः डर लाग्ने ,सिर उठ्ने , निन्द्रा नलाग्ने , खानामा अरुची हुने , चिडचिडाहट हुने ,दिमागले केहि सोच्न नसक्ने जस्तो हुने वा उदास भई बस्ने जस्ता समस्याहरु देखिन सक्छ । कोरोना भाईरसको कारणले गर्दा विशेष गरी बालबालिका र जेष्ठ नागरिकहरुमा अझै बढी यसको प्रभाव पर्ने भएकोले बालबालिका र जेष्ठ नागरिकलाई भावनात्मक रुपमा सहयोग गरी उनीहरुलाई मनोसामाजिक रुपमा बलियो बनाउन जरुरी हुन्छ ।

कोरोना भाइरस (कोविड १९) को कारण हरेक बालबालिका तथा जेष्ठ नागरिकहरुको मानसिक अस्वस्थताको लक्षणहरु फरक फरक हुन सक्दछन् । कुनै पनि घटना वा प्रकोप प्रति कस्तो वा कसरी प्रक्रिक्रिया देखाउँछन भन्ने कुराको निर्धारण व्यतिmको पृष्ठभुमि र समुदायमा निर्भर रहन्छ । त्यस माथि पनि बालबालिका र जेष्ठ नागरिकहरु अन्य व्यतिmहरु भन्दा भावनात्मक रुपमा कमजोर नै देखिन्छन् ।

अन्य व्यतिmहरुलाई भन्दा फरक र विशेष खालको भावनात्मक सहयोगको खाँचो उनीहरुलाई पर्दछ । बालबालिकाहरु र जेष्ठ नागरिकहरु बढि आत्तिने ,डराउने र आफ्नो परिवारलाई गुमाउने खालको डर उनीहरुको मनमा हुने भएकोेले विशेष ध्यान दिनु जरुरी देखिन्छ । उनीहरुमा देखिने यस्ता खालका समस्याहरु विस्तारै बढ्ने र यसै समस्याका कारणले जटिल खालको मनोसामाजिक समस्या पनि हुन सक्छ । जसले गर्दा बालबालिका र जेष्ठ नागरिकहरुलाई यस अवस्थामा विशेष खालको हेरचाह , स्याहार र खानपान लगाएत अन्य धेरै कुराहरुमा ध्यान दिनु पर्ने हुन्छ ।

के हो त यो मनोसामाजिक समस्या भनेको ?
सामान्य अर्थमा भन्ने हो भने कुनै पनि घटना वा परिस्थितिको कारणले गर्दा व्यक्तिको मन र समाज बिचको सम्बन्धमा एकपासमा तालमेल मिल्दैन र जसको कारणले व्यक्तिको मनमा मनोसामाजिक असर देखा पर्दछ भने यसलाई नै मनोसामाजिक समस्या भनी बुझ्न सकिन्छ । अर्थात अहिलेको कोरोना भाइसरको केश लाई हेर्ने हो भने अचानक देखा परेको यो भाईसरले हरेक व्यक्तिको मनमा एक प्रकारको डर र त्रास उत्पन गराएको छ ।

त्यसमाथि पनि कोरोनाकै कारणले आफन्तजन ,इष्टमित्र, साथीभाई सबैसंग दुरी बढाएको छ , मानिस स्वतन्त्र हुन चाहाने प्राणी भएता पनि यति बेलाको समयमा घरभित्र नै खुम्चिएर बस्न बाध्य भईरहेको छ । जसको कारणले मानिसहरुको मनमा धेरै कुराहरु खेल्ने , एकै स्थानमा बस्नु परेको कारणले गर्दा तनाव उत्पन हुने भईरहेको छ । जसलाई हामीले तनाव भनिरहका छौं त्यो पनि एक प्रकारको मनोसामाजिक समस्या नै हो । मनोसामाजिक समस्यालाई बेलैमा पहिचान गरी समस्या समाधान गर्नु जरुरी रहन्छ । अन्ततः यसले नकारात्मक रुप पनि लिन सक्छ । यस्ता खालका मनोसामाजिक समस्या बालबालिका र जेष्ठ नागरिकहरुमा अझै बढि देखिन्छ ।
कोरोनाको कारण बालबालिका तथा जेष्ठ नागरिकहरुमा देखिन सक्ने संभावित मनोसामाजिक समस्याका लक्षणहरु यस प्रकार छन् ः
 कोरोना भाईरस आफुलाई पनि लाग्ला भनी डराउनु ,
 आफ्नो परिवार, आफन्त , साथीभाई र प्रियजनहरुको स्वास्थ्यबारे चिन्तित हुनु ,
 खाँदै नखाने वा धेरै खाईरहने हुनु,
 आत्तिनु छटपटि हुनु ,
 असुरक्षित महशुस गर्नुृ
 एक्लोपनको महशुस गर्नु
 चिन्ता अविश्वास र डरको महशुस हुनु ,
 डरलाग्दो सपनाहरु देख्नु
 टाउको दुख्ने ,पेट दुख्ने वा पाचन प्रणालीमा समस्या आउनु,
 रतmचाप बढ्ने वा श्वासप्रश्वासमा समस्या भएजस्तो हुने जस्ता शारीरिक प्रतिक्रियाहरु देखिनु , कुनै पनि खालको दिर्घकालिन समस्याहरु वा रोगहरु छन् भने अझै अवस्था बिग्रँदै जानु , चिडचिडाहट्पन बढ्नु ,झनक्क रिसाउनु, उदासिनता र असहायपनको महशुस गर्नु, विशेष गरी बालबालिकाहरु आफ्नो बाबु आमाहरुसंग टाँसिएर बस्न चाहाने , विस्तारामा पिसाब गर्ने, रुने, सपनामा र्बबराउने जस्ता लक्षणहरु देखाउन सक्छन् र जेष्ठ नागरिकहरुमा पनि परिवार र आफन्तको बढि चासो देखाउने ,चिन्ता गर्ने , डराउने , खाना तथा दैनिक क्रियाकलापहरुमा संधै जस्तो ध्यान दिन नसक्नु , मर्छु की भन्ने डर र चिन्ता गर्नेजस्ता लक्षणहर देखा पर्न सक्छ ।

यस्तो अवस्थामा कसरी र कस्तो खालको सहयोग प्रदान गरी भावनात्मक र मानसिक रुपमा बलियो बनाउन सकिन्छ त ?
हरेक व्यतिm शारिरीक रुपमा स्वस्थ रहनको लागि सबै भन्दा पहिले भावनात्मक र मनोसामाजिक रुपमा स्वस्थ रहनु आवश्यक हुन्छ । अहिलेको यो विषम परिस्थितिमा हामी सबै आत्तिरहेको अवस्था छ । सबै भन्दा पहिले कारोना भाइरसलाई स्विाकार गर्न सक्नु पर्दछ । कोरोना भाइरस नेपालमा मात्र होइन विश्वभर नै फैलिएको तथ्यलाई आत्मासाथ गर्न सक्नुपर्दछ । त्यो स्विाकार गर्न सक्ने क्षमता उनहिरुमा मात्र हुन्छ जो मनोसामाजिक रुपमा स्वस्थ र सक्षम छन् । यस समस्याबाट बालबालिका र बृद्धबृद्धाहरुलाई पनि अन्य व्यक्तिसरह सक्षम र मनोसामाजिक रुपमा बलियो बनाउन जरुरी रहन्छ । जसको लागि परिवारका अन्य व्यक्तिहरुले निम्न कुराहरुमा ध्यान दिन र सहयोग गर्न सकिन्छ ।
 सर्बप्रथम बालबालिका र वृद्धवृद्धा आमा बुबाहरुलाई कोरोना भाइरसको बारेमा सत्य तथ्य जानकारी दिनु पर्छ र यो एउटा माहामारी हो जुन विश्वभरि फैलिएको छ । आवश्यक सावधानी अपनाएमा र सचेत रहेमा भाइरस लाग्न बाट जोगिन सकिने कुराहरु बारे सकारात्कम सुचना प्रदान गर्नु पर्छ ।
 तर भाइरस को कारणले कतिको ज्यान गयो, कति हस्पिटलमा छन् भन्ने सुचना भन्दा पनि उपचार पश्चात कति जना निको भई घर फर्किए , कति जना निको हुनेअवस्थामा छन भनी सकारात्मक सुचना प्रभाव गर्नुपर्दछ । जसको कारण उनीहरुमा पनि सकारात्मक सोचको विकास हुन्छ र उनीहरुमा भाइरस प्रतिको डरपनि कम हुन सक्छ ।
 अपनाउनु पर्ने सुरक्षा , कम्तीमा पनि ६ फिट दुरी कायम गर्नु पर्ने बारे जानकारी प्रदान गर्ने
 बालबालिकाहरुलाई मनोरञ्जनात्मक कृयाकलापहरुमा संलग्न गराउने ,
 बालबालिकालाई सरसफाई बारे जनकारी दिने राम्ररी हात धुँदा सफा हुँदा कोरोना भाइरसबाट मात्र होइन अन्य रोगहरु लागनबाट पनि बच्न सकिने ज्ञान र सुचना प्रदान गर्ने ,
 दैनिक खानपानमा ध्यान दिने,प्रसस्त पानी पिउन लगाउने ,
 परिवारका सबै सदस्यहरु संगै बस्ने रमाइला कुराहरु गर्ने,
 मिठा मिठा परिकारहरु बनाएर खाने ,
 बालकालिकाहरुलाई प्रयोगात्मक कुराहरुमा संलग्न गराउने
 बालबालिकाहरु र जेष्ठ नागरिकहरु संगै बसेर उनीहरुको कुरा सुनिदिने ,
 बालबालिकाहरुमा भएको सिपहरुलाई प्रोत्साहन दिने र उनीहरुको रुचीहरुलाई ध्यान दिई त्यस्ता क्रियाकलापहरुमा संलगन गराउन सहयोग गर्ने ,
 खाने ,सुत्ने ,उठ्ने ,पढ्ने,खेल्ने जस्ता दैनिक क्रियाकलापहरुको समय तालिका बनाउन सहयोग गर्ने र सोहि अनुरुप दैनिकी सुचारु गर्न ,सहयोग गर्ने
 वृद्धवृद्धाहरुलाई परिवारबाट टाढा रहेका छोेराछोरीहरुसंग वा आफन्तहरुसंग फोनमा, भिडियो कलमा बोल्ने र कुराकानी गर्ने अवसर प्रदान गरिदिने ,
 सकेसम्म बालबालिका र जेष्ठ नागरिकहरुलाई एक्लोपनको महशुस हुन नदिने ,
 बालबालिकाको स्कुल बन्द भएको र साथी भाईहरुसंग भेट नभएको कारणले गर्दा बालबालिकाहरु अझै धेरै निरा भईरहेको हुन सक्छन ,त्यसैले उनहिरको मिल्ने साथीहरसंग फोनमा कुराकानी गर्ने अवसर मिलाई दिने , बिहान बेलुकी घरको छतमा निस्कने चिसो हावा खाने , शारिरकि व्यायामहरु गर्न सिकाउने र प्रोत्साहित गर्ने गर्न सकिन्छ ।

सकेसम्म बालबालिका र जेष्ठ नागरिकहरुलाई खुसी राख्ने कासिस गर्नुृपर्दछ । अन्ततः यस्ता कार्यहरु गरिरहँदा पनि उनीहरुमा आत्तिने,डराउने, रुने , नखाने ,रिसाउने जस्ता धेरै असरहरु कम्तमिा पनि १ महिना भन्दा बढि समयसम्म पनि देखियो भने र अवस्था बिग्रदै गएको खण्डमा विषयगत व्यक्तिसंग भेटी कुराकानी गरी समस्या समाधानको उपाएहरु अपनाउनु पर्ने हुन्छ । मनोविमर्शकर्ताहरुसंग बसी मनोविमर्श सेवा लिन सकिन्छ ।

अझै पनि उनीहरुको स्वभाव आक्रमक छ र अरुलाई समेत हानी गर्न सक्ने अवस्था आयो भने मनोचिकित्सकलाई देखाउन र सोही अनुरुप प्रक्रिया अगाडी बढाउनु पर्ने हुन्छ ।

लेखक मनोविमर्शकर्ता हुनुहुन्छ ।

२०७६ चैत्र २७ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: