Fri. Nov 29th, 2024

राष्ट्रपतिबाट बेलायती प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना

२६ काठमाडौं,  

 राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त अधिराज्यकी महारानी एलिजाबेथ द्वितीयालाई बुधबार अपराह्न टेलिफोन सम्पर्क गरी कोरोना भाइरस सङ्क्रमित भई उपचाररत प्रधानमन्त्री बोरिस जोन्सनको शीघ्र स्वास्थ्यलाभको कामना गरेकीछन् ।

राष्ट्रपति भण्डारीले नेपाल बेलायतबीच विद्यमान करीब दुई सय वर्षको सम्बन्ध स्मरण गर्दै विश्वमा महामारीका रुपमा फैलिएको कोभिड–१९ विरुद्ध लड्न सम्पूर्ण विश्व एक हुुनुपर्ने आवश्यकता पनि औँल्याउनुभएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । रासस

२०७६ चैत्र २६ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: