२० चैत, धादिङ
धादिङ उद्योग वाणिज्य संघले सुरक्षाकर्मी र एम्बुलेन्स चालकलाई मास्क र सेनिटाईजर वितरण गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङ, ससस्त्र प्रहरी बल धादिङबेसी र एम्बुलेन्स चालकहरुलाई वितरण गरेको हो । कोरोना भाइरसको संक्रमण रोकथामको लागि सहयोग पु¥याउने उदेश्यले मास्क र सेनिटाईजर वितरण गरिएको संघका अध्यक्ष रुद्रबहादुर खत्रीले बताए ।
बिहिबार एक कार्यक्रमको आयोजना गरि ५ सय लिटर सेनिटाईजर र ३ सय थान मास्क वितरण गरिएको अध्यक्ष खत्रीले बताए । जिल्ला प्रहरी कार्यालयलाई ३ लिटर सेनिटाईजर र २ सय थान मास्क, शसस्त्र प्रहरीलाई १ लिटर सेनिटाईजर र १ सय थान मास्क र एम्बुलेन्स चालकलाई १ लिटर सेनिटाईजर वितण गरेको हो ।
विश्वभरी नै महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमण नेपालमा पनि देखिएको छ । धादिङका स्थानीय तहहरुले क्वारेन्टाइन निर्माणदेखि किटनाशक औषधी छर्कने काम गरिरहेको छ ।
२०७६ चैत २० गते प्रकाशित