Thu. Nov 28th, 2024

धादिङबेसीमा ३५ शैयाको क्वारेन्टाइन निर्माण

धादिङको नीलकण्ठ नगरपालिकामस्थित डिभिजन वन कार्यलयको भवनमा निर्माण गरिएको क्वारेन्टाइन ।

११ चैत, धादिङ


धादिङबेसीमा ३५ शैयाको क्वारेन्टाईन निर्माण गरिएको छ । कोरोना भाईरस (कोभिड–१९) को सम्भावित संक्रमण रोक्न क्वारेन्टाईन निर्माण गरिएको हो ।

सदरमुकाम धादिङबेसीस्थित डिभिजन वन कार्यालयको भवनमा नीलकण्ठ नगरपालिका, जिल्ला प्रशासन कार्यालय र स्वास्थ्य कार्यालय र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा निर्माण गरिएको हो ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण र सोको रोकथाम र नियन्त्रण गर्न जिल्लाका सबै स्थानीय तहहरुमा रहेको एम्बुलेन्सलाई चुस्त र तयारी अवस्थामा राखिएको छ । गल्छीस्थित बागेश्वरी माध्यमिक विद्यालयमा क्वारेन्टाईन स्थलको रुपमा २५ वटा बेड र औषधी उपकरण तयारी अवस्थामा राखिएको छ भने जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्रमा पनि आईसोलेसन वार्ड तयार पारिएको छ ।

जिल्ला सदरमुकाम धादिङबेसी, गजुरीबजार तथा अन्य बजार क्षेत्र र स्वास्थ्य संस्थाहरुमा स्वास्थ्यकर्मीसहितको हेल्थडेक्स संचालन गरिएको छ भने प्रत्येक स्वास्थ्य संस्थामा आउने नागरिकलाई सचेतनामूलक जानकारी प्रदान गर्ने, हात धुने तरिकाको बारेमा जानकारी गराइएको छ ।
फोटो : नारायणकुमार श्रेष्ठ

२०७६ चैत ११ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: