२० फागुन, धादिङ
धादिङको बेनिघाट रोराङ गाउँपालिकाले अपांगता भएका व्यक्तिहरुलाई ह्वीलचियर प्रदान गरिएको छ । गाउँपालिकाभित्र रहेका १७ जनालाई ह्वीलचियर प्रदान गरिएको हो ।
एक साता अघि गाउँपालिका भित्र रहेका अपाङ्गता भएका व्यक्तिलाई आवश्यक पर्ने ह्वील चियर नाप दिई सोमबार एक कार्यक्रमका बीच ह्वील चियर प्रदान गरिएको हो ।
ह्वील चियर हस्तान्त्रण गर्दै गाउँपालिका प्रमुख पित्तबहादुर डल्लाकोटीले यो गाउँपालिकाले प्रदान गरेको मायाँको चिनोको रुपमा ग्रहण गर्न आग्रह गरे।
गाउँपालिका उपप्रमुख देवि प्रसाद सिलवालको सभापतित्वमा भएको उक्त ह्वील चियर हस्तान्तरण कार्यक्रममा प्रशासकिय अधिकृत लक्ष्मण प्रसाद भट्टराई, वडा प्रमुख रोशनकुमार सिलवाल, राष्ट्रिय अपाङ्ग पुनर्स्थापना समाजका उपाध्यक्ष सुथम भट्टराई लगायतको आतिथ्यता रहेको थियो ।
२०७६ फागुन २० गते प्रकाशित