Tue. Nov 26th, 2024

बैंकहरु घर तथा आवास कर्जालाई निरुत्साहित पार्दै

nepali-note
२२ जेठ, काठमाडौ –  वैशाखमा आएका दुई ठूला भूकम्प र त्यसपछिका पराकम्पका कारण घरको संरचना कमजोर भएको आशंका गर्दै बैंक तथा वित्तीय संस्थाहरुले आवास कर्जालाई निरुत्साहित गर्न थालेका छन् ।

भूकम्प अगाडि सबैभन्दा सुरक्षित क्षेत्र मानेको आवास कर्जालाई अहिले उनीहरुले नै जोखिम वर्गमा राखी कर्जा दिन निरुत्साहित गरेका हुन् । केही बैंकले आवास कर्जालाई निरुत्साहित गर्न यसको ब्याजदर नै बढाएको छ । आवास कर्जा सबैभन्दा धेरै माग हुने काठमाडौ उपत्यकाका घरको संरचना भूकम्पका कारण कमजोर भएको बैंकरहरुको अनुमान छ ।

यसका कारण बैंक तथा वित्तीय संस्थाले आवास लगायत अन्य कर्जा दिँदा घरको मूल्यांकन गर्न छाडेका छन् । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद शर्माले क्षति भई रातो स्टिकर पाएका आवासको मूल्यांकन गरेर ऋण लगानी नगर्ने प्रष्ट्याए । क्षतिग्रस्त आवास भए जग्गाको मात्र मूल्यांकन गरेर ऋण लगानी गर्ने गरेको शर्माले बताए । ब्यवहारमा घर धितो स्वीकार्न आनाकानी गरिरहेका अधिकांश बैंक, वित्तीय संस्थाका अधिकारी यसमा खुलेर बोल्न चाहँदैनन् । नागरिक दैनिकबाट

About The Author

अन्य समाचारहरु: