२० जेठ, धादिङ – नेकपा एमाले नौबिसे गाँउ कमिटीका अध्यक्ष अप्सरा उप्रेतीले एक कार्यक्रमका बीच प्रगतिशिल विवाह गरेकी छिन् । युवा संघ धादिङका सदस्य राम छत्कुली बाबुसँग बुधबार विवाह बन्धनमा बाँधिएकी हुन् ।
नेकपा एमाले ३ नम्बर क्षेत्रिय कमिटीद्धारा आयोजित प्रगतिशिल विवाह समारोहमा नेकपा एमालेका नेता तथा नेकपा एमालेका भातृसंगठनका नेता तथा कार्यकर्ताको उपस्थितीमा विवाह सम्पन्न भएको हो ।
महाभुकम्पबाट गाँउघरमा क्षती भएको खबर पाएपछि नेपाल फर्किएका चैनपुर निवासी छत्कुलीले पार्टिको कम्युनिष्ट विचारधारा अनुसार कम खर्चमा प्रगतिशिल विवाह गरेको बताउनुभयो । उप्रेतीले भने हिन्दु धर्म मानेपनी कन्यादान दिने संस्कार कम्प्यूनिष्ट सिद्धान्त भएकाले यसरी विवाह गरेको बताउनुभयो ।
विवाह कार्यक्रममा नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा धादिङ क्षेत्र नम्बर ३ का संविधानसभा सदस्य राजेन्द्र प्रसाद पाण्डे, धादिङ क्षेत्र नम्बर २ का संविधानसभा सदस्य गुरु प्रसाद बुर्लाकोटी, नेकपा एमालेका केन्द्रिय वैकल्पिक सदस्य खेम प्रसाद लोहनी, नेकपा एमाले धादिङका अध्यक्ष भुमी त्रिपाठी, सचिव शिव कडेल, प्रेस चौतारी बाग्मती अञ्चल ईन्चार्ज केशव अधिकारी, एमाले धादिङ प्रचार विभाग सचिव राजाराम शर्मा लगायत एमाले नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।
विवाह बन्धनमा बाँधिनुभएका उप्रेती पे्रस चौतारी धादिङको पुर्व सहसचिव हुनुहुन्थ्यो भने छत्कुली युवासंघ धादिङका सदस्य हुनुहुन्छ । कामको सिलसिलामा विगत केही वर्षदेिख कतारमा हुनुहुन्थ्यो ।