Wed. Nov 27th, 2024

भूकम्पीय आवास निर्माणका लागि नेपाललाई विश्व बैंकको २२ अर्ब ८० करोड सहयोग

२३ माघ, काठमाण्डौ –

भूकम्पीय आवास पुननिर्माण आयोजनाका लागि विश्व बैंकले नेपाललाई झण्डै २२ अर्ब ८० करोड रुपैयाँ सहयोग गरेको छ ।

अर्थमन्त्रालयमा बिहीबार एक समारोहकाबीच विश्व बैंकका प्रतिनिधि र नेपाल सरकारका प्रतिनिधिबीच आवास पुननिर्माण आयोजनाका लागि ऋण सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

सम्झौता पत्रमा नेपाल सरकारको तर्फबाट अर्थमन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र विश्व बैंकका तर्फबाट कन्ट्री म्यानेजर फारिस एच हाडाड जर्भोसले हस्ताक्षर गरेका हुन् ।

दोस्रो थप ऋण सहायता स्वीकार गर्नेसम्बन्धी वित्तीय सम्झौता अनुसार प्राप्त विश्व बैंकको पछिल्लो सहयोग रकमलाई भूकम्प प्रभावित ३२ जिल्लाका ८६ हजार ६ सय ८० वटा आवास निर्माणमा खर्च गरिने अर्थमन्त्रालयले जनाएको छ ।

विश्व बैंकले नेपालमा भूकम्प प्रतिरोधी आवास निर्माण कार्यक्रम सञ्चालन गरिरहेको छ । यसअघि विश्व बैकले सन् २०१५ मा ५५ हजार घर पुननिर्माणका लागि ऋण सहायता उपलब्ध गराएको थियो ।

२०७६ माघ २३ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: