
२१ माघ , वीरगन्ज –
वीरगन्जको नारायणी क्रिकेट मैदानमा आयोजना भएको वीरगन्ज प्रिमियर लिग बीपीएल को पहिलो संस्करण वीरगन्ज स्टार्सले कब्जा गरेको छ । सोमबार भएको रोमाञ्चकारी फाइनल खेलमा वीरगन्ज स्टार्सले सिंह ११ लायन्सलाई ४ विकेटले पराजित गर्दै उपाधि कब्जा गरेको हो ।
अलराउन्डर विवेककुमार यादवको विस्फोटक खेल प्रदर्शनले स्टार्सले १८।५ ओभरमै १ सय ४१ रनको विजयी लक्ष्य हासिल गरेको थियो । एक सय ४०रनको लक्ष्य पछ्याइरहेको स्टार्सको ५ विकेट मात्र ३५ रनमा खसिसकेको थियो । सुरुका ५ ब्याट्सम्यानमध्ये हासिम अन्सारी ९११ रन० ले मात्र दोहोरो अंकमा रन बनाउन सकेका थिए । दुवै ओपनर हरिशंकर साह र सन्तोष कार्कीले ४र४ रन बनाएर आउट भएका थिए । ५ औं नम्बरमा ब्याटिङ गर्न विवेककुमार यादवक्रिजमा आउँदा ८।२ ओभरमा टिमको स्कोर ३५ मात्र पुगेको थियो ।
स्टार्सको टोली फाइनल खेलमा दबाबमा आइसकेको थियो । ३७ बल खेलेर नटआउट रहेका यादवले ७१ रन बनाए । फाइनल खेलमा उनले ६ छक्का र ५ वटा चौका प्रहार गरे । मनोजकुमार महतो ९१७ रन० र एलियाह मन्सुरी ९१५ रन० ले यादवलाई राम्रो साथ दिएका थिए । मन्सुरी र यादवले ७३ रनको साझेदारी गर्दै नटआउट रहे । सिंह ११ लायन्सका राहुलप्रताप सिंहले ३ विकेट लिएका थिए । मेहबुब आलम र रोहितकुमार सिंहले एकरएक विकेट लिए ।
यसअघि बिहान टस हारेर पहिले ब्याटिङ गरेको लायन्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ४० रन बनाएको थियो । ओपनर ब्याट्सम्यान आशिष झा खाता नखोली प्याभिलियन फर्के । सुरुआती झट्का पाए पनि लायन्सका अभिनाश अधिकारी र हिमान्सु दत्तको सानदार प्रदर्शनले लायन्सले फाइनलमा सम्मानजनक योगफल बनाएको थियो । अधिकारीले ४५ रन बनाए । ३५ बलमा ५४ रन बनाएका दत्तले ३ वटा छक्का र पाँचवटा चौका प्रहार गरेका थिए ।
२०७६ माघ २१ गते प्रकाशित