Tue. Mar 18th, 2025

अफगानिस्तानमा सुरक्षाकर्मीको कारबाहीमा परि १८ लडाकुको मृत्यु


७ माघ, काठमडाौँ

अफगानिस्तानमा सुरक्षाकर्मीको कारबाहीमा परी १८ लडाकु मारिएका छन् । उनीहरूले अरु १० जनालाई पनि लडाकु नै भएको आशंकामा पक्राउ गरेको अधिकारीहरुले सोमबार जानकारी दिएका छन् ।

देशका ३४ प्रान्त मध्ये ११ प्रान्तमा पछिल्लो २४ घण्टाको अवधिमा भएका घटनामा परी उनीहरुको ज्यान गएको समाचारमा जनाइएको छ । त्यसैगरी १४ स्थानमा भएका सुरक्षा कारबाहीका क्रममा छ लडाकु घाइते भएको सरकारी अधिकारीले जारी गरेको वक्तव्यमा उल्लेख गरिएको छ ।

अफगानी प्रहरी र जासुसी निकायसँग समन्वय गरेर आफ्गानिस्तानको सेनाले लडाकुहरुले प्रयोग गर्दै आएका केही सवारी साधन र हतियारहरू पनि नियन्त्रणमा लिएको छ । त्यही अवधिमा अफगानिस्तानी हवाई सुरक्षा फौजले तालिवान लडाकुहरुलाई लक्षित गरेर आठ हवाई आक्रमण पनि गरेको थियो ।

२०७६ माघ ७ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: