
२ माघ, धादिङ-
धादिङ जिल्लामा प्रथम जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगीता हुने भएको छ । नेपाल तेक्वान्दो संघ जिल्ला कार्यसमितिले आउदो माघ ९, १० र ११ गते ओयो प्रथम धादिङ जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगीता आयोजना गर्न लागेको जानकारी दिएको हो ।
धादिङका विभिन्न डोजाङ तथा स्कुलहरुमा लुकेर रहेका तेक्वान्दोका प्रतिभाहरुलाइ उजागर गर्ने उद्येश्यले प्रतियोगीता संचालन गर्न लागेको तेक्वान्दो संघ धादिङले जनाएको हो ।

३ दिनसम्म चल्ने प्रतियोगीताको लागि खेलाडी दर्ता सुरु भइसकेकाले जिल्ला भित्र रहेका सवै तेक्वान्दो डोजाङ र विद्यालयहरुलाइ टिम दर्ता गराउन पनि आग्रह गरेको छ ।
खेल धादिङवेशी स्थि कभर्डहलमा संचालन हुने छ । प्रतियोगीतामा विजेता हुनेहरुलाइ राष्ट्रिय स्तरका विभिन्न प्रतियोगीता समावेश हुने अवसर पाउने समेत बताइएको छ ।