
२९ पुस , काठमाडौ –
कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा सोमबार एनआरटीसँग १–० ले पराजित भएपछि पूर्व च्याम्पियन नेपाल पुलिस क्लबका प्रशिक्षक अनन्त थापा निकै आक्रोशित थिए । उनको आक्रोश अरुसँग होइन, आफ्नै खेलाडीसँग थियो । थापाको निष्कर्ष थियो, विपक्षीले राम्रो खेलेर हारेका हैनौं, आफ्नै खेलाडीको खराब प्रदर्शनका कारण ३ अंक गुमेको हो ।
खेलपछि प्रशिक्षक थापाले जारी लिगमा सोमबार आफ्नो टिमले सबैभन्दा खराब खेल खेलेको स्विकारे । ‘आजको खेल कस्तो भयो’ भनेर सोधिएको प्रश्नमा उनले भने, ‘यही प्रश्न म मेरा खेलाडीलाई सोध्न लागिरहेको छु कि आज कस्तो खेल खेलेको
थापाले आफ्नो टिमले क्षमताअनुसार ४० प्रतिशत पनि प्रदर्शन गर्न नसकेको भन्दै दुःख व्यक्त गरे । ‘हामी ३ अंकलाई आएका थियौं र त्यो हाम्रा लागि निकै महत्त्वपूर्ण थियो । तर हामीले अपेक्षा गरेका सिनियर खेलाडीबाटै ठोस प्रदर्शन आउन सकेन,’ निकै असन्तुष्ट देखिएका पूर्व डिफेन्डर थापाले भने, ‘आज एनआरटीले राम्रो खेलेको होइन, हामीले खराब खेलेर हार्नुपरेको हो । हाम्रा खेलाडीले एकरुपको प्रदर्शन गर्न जरुरी छ । आगामी खेललाई गम्भीर समिक्षाको जरुरी भइसकेको छ ।
२०७६ पुस २९ गते प्रकाशित