
२८ पुस , काठमाडौ –
केही दिनदेखि सुनचाँदीको मूल्यमा तीव्र उतारचढाव भइरहेको छ । एक दिन बढ्ने र अर्को दिन घट्ने भइरहेको छ । यसैक्रममा सोमबार सुनको मूल्य दुई सयले घटेको छ ।
आइतबार चार सयले बढेको सुनको मूल्य सोमबार ७४ हजार आठ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार ७५ हजारमा कारोबार भएको थियो ।
तेजावी सुन तोलामा दुई सय रुपैयाँले घटेर ७४ हजार ५ सयमा झरेको छ । चाँदीको भाउ भने स्थिर देखिएको छ । चाँदीको आज तोलामा ८९० रुपैयाँ रहेको महासंघले जनाएको छ ।
२०७६ पुस २८ गते प्रकाशित