Mon. Mar 17th, 2025

इराकस्थित अमेरिकी एयरबेसमा इरानद्धारा मिसाइल हमला


२३ पुस,काठमाडौँ


इराकमा तैनाथ अमेरिकी सेनाको कम्तिमा दुईवटा एयरबेसमा एक दर्जनभन्दा बढी बलिस्टक क्षेप्यास्त्र प्रहार भएको अमेरिकी रक्षा विभागले जनाएको छ ।

यता, इरानको राष्ट्रिय टेलिभिजनले बग्दादमा अमेरिकी राष्ट्रपति डोनाल्डा ट्रम्पको निर्देशनमा भएको ड्रोन हमलामा मारिएका शीर्ष कमान्डर कासेम सुलेमानीको हत्याको बदलामा उक्त हमला गरिएको भन्दै जिम्मेवारी लिएको छ ।

इर्बिल र अल असादमा रहेको दुईवटा बेसमा आक्रमण भएको अमेरिकाले जनाएको छ । क्षेप्यास्त्र आक्रमण के कस्तो क्षति भयो भन्ने विवरण भने सार्वजनिक गरिएको छैन ।

‘इराकमा रहेको अमेरिकी ठेगानाहरुमा आक्रमणको रिपोर्टहरुको बारेमा हामी जानकारी छौँ । राष्ट्रपतिलाई यसबारे जानकारी गराइएको छ । वहाँले पछिल्लो अवस्थालाई नजिकबाट नियाली रहनुभएको छ र राष्ट्रिय सुरक्षा टोलीसँग सल्लाह गरिरहनुभएको छ,’ ह्वाइट हाउसकी प्रवक्ता स्टेफनी ग्रिसमले एक वक्तव्य मार्फत जानकारी दिएकी छिन् ।

यता, इरानको रिभोलुसनरी गार्डले सुलेमानीको हत्याको जवाफमा मिसाइल हमला गरेको बताएको छ ।


२०७६ पुस २३ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: