
२२ पुस , काठमाडौ –
चौतारा नगरपालिका जावलाखेलमा भइरहेको महानगर कप महिलारपुरुष भलिबलको सोमबार क्वाटरफाइनलमा पुगेको छ ।चौताराले भक्तपुर नगरपालिकालाई २५–१४, २५–२१, २५–२१ को सोझो सेटमा पराजित गरेको हो । टोली समूह ‘ए’ बाट अन्तिम आठमा पुगेको छ । चौताराले यसअघिको खेल पनि जितेको थियो । सोही समूहबाट ४ अंक जोडेको आयोजक ललितपुर उपमहानगर पनि क्वाटरफाइनलमा पुगेको । दुवै खेलमा पराजित भक्तपुर भने बाहिरियो ।
महालक्ष्मी र पनौती नगरपालिका पनि क्वाटरफाइनल पुगेका छन् । समूह ‘सी’ बाट महालक्ष्मी विजेता र पनौती उपविजेता हुँदा टोखा बाहिरिएको छ ।
समूह ‘डी’ मा कमलामाई नगरपालिकाले लगातार जित निकालेको छ । सोमबार कमलामाईले गोदावरीलाई २५–१३, २५–१८, २५–१८ को सेटमा हरायो । टोलीको यो दोस्रो जित हो । गोकर्णेश्वरले धुलिखेल नगरपालिकालाई २५–२३, २५–१४, २५–१९ को सेटमा हरायो ।
चार टिम रहेको यो समूहमा कमलामाईको ६ अंक छ । गोदावरी र गोकर्णेश्वरको समान ३ अंक छ । धुलिखेलले कुनै जित पाएको छैन ।
महिलातर्फ चन्द्रागिरिले बनेपालाई २५–७, २५–९, २५–५ को सोझो सेटमा हरायो । समूह ‘ए’ मा चन्द्रागिरिको पहिलो जित हो । ललितपुरले पनि एक खेल जितेको छ । गोकर्णेश्वरले हेटौंडालाई २५–१६, २५–११, २५–२२ ले पराजित गर्यो । टोलीको यो दोस्रो जित हो । विदुर नगरपालिकाले टोखालाई २५–२२, २५–५, २३–२५, २५–९ ले हरायो । समूह ‘बी’ मा गोकर्णेश्वरको ६ अंक तथा हेटौंडा र विदुरको समान ३ अंक भएको छ ।
२०७६ पुस २२ गते प्रकाशित